Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालमा मनसुन पश्चिमी भेग हुँदै बाहिरिने क्रम शुरु : मौसमविद्

नेपालमा मनसुन पश्चिमी भेग हुँदै बाहिरिने क्रम शुरु : मौसमविद्

  • बिहिवार, आश्विन १५ २०७७

  • 925
    SHARES

  • नेपालमा मनसुन पश्चिमी भेग हुँदै बाहिरिने क्रम शुरु  : मौसमविद्

    काठमाडौं । नेपालमा मनसुन पश्चिमी भेग हुँदै बाहिरिने क्रम शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी भेगबाट मनसुनको बहिर्गमन शुरु भएको जानकारी दिएको हो । 

    गत जुन १० अर्थात् जेठ ३० गतेदेखि शुरु भएको मनसुन अक्टोबर १ अर्थात् असोज १५ गतेदेखि बाहिरिन थालेको महाशाखाले बताएको छ । नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ का केही भूभागबाट मनसुन पूर्णतया बाहिरी सकेको मौसमविद् विभूती पोखरेलले बताइन् । 

    अहिले बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र अझै सक्रिय रहेका कारण नेपालको बाँकी भूभागबाट मनसुन बाहिरिन केही दिन लाग्ने उनले जानकारी दिइन् ।

    वाग्मती प्रदेश, प्रदेश १, २ र गण्डकी प्रदेशमा पनि वर्षा निकै कम भएकाले छिट्टै यी क्षेत्रबाट पनि मनसुन बाहिरिने सङ्केत देखिएको महाशाखाले जनाएको छ । पश्चिमी वायु सक्रिय भएसँगै मनसुनले विदा हुने लिने गर्छ । 

    महाशाखाले जनाएअनुसार आगामी तीन दिन प्रदेश, १, २, वाग्मती, गण्डकी प्रदेश र पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुनेछ । मनसुन शुरु भएयता जेठ ३० गतेदेखि हालसम्म बाढी, पहिरो, चट्याङलगायतका विपद्मा ठूलो जनधनको क्षति भएको राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

    प्राधिकरणका अनुसार मनसुन शुरु भएदेखि हालसम्म बाढी, पहिरोसहितका विपद्मा परी ३६७ जनाको मृत्यु भएको छ । एकसय जना बेपत्ता छन् । साथै विपद्का कारण ३१७ जना घाइते भएका छन् ।  पहिरोमा पुरिएर मात्र २९३ जनाको ज्यान गएको छ ।

    अझै बेपत्ता ६४ जनाको खोजी भइरहेको छ । अन्य २२२ जना घाइते भएका थिए । त्यस्तै बाढीबाट ३९ जनाको मृत्यु भएको छ । बाढीमा परी ३६ जना बेपत्ता र नौ जना घाइते भएका थिए । त्यसैगरी चट्याङ लागेर ३५ जनाको मृत्यु र ८६ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

    विपद्मा भएका जनधनसहितको भौतिक क्षतिको पूर्ण विवरणको विश्लेषण प्राधिकरणले गरिरहेको छ । अन्य भौतिक क्षतिको विवरण मनसुन पूर्णरूपमा बाहिरिइसकेपछि सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ । 


    बिहिवार, आश्विन १५ २०७७०५:४५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij