Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सुन  प्रकरण:  एक भन्सार अधिकृतसहित ३ कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ

सुन  प्रकरण:  एक भन्सार अधिकृतसहित ३ कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ

  • आइतवार, श्रावण ७ २०८०

  • 1.1K
    SHARES

  • सुन  प्रकरण:  एक भन्सार अधिकृतसहित ३ कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ
    काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् ।
     
    राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार(आज)उनीहरूलाई पक्राउ गरिएको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ । आज पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् ।
     
    यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन् । यसअघि विभागले सुन तस्करीमा संलग्न १० जनालाई नियन्त्रणमा लिइसकेको छ ।
     
    गत मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत १०० केजी सुन स्कुटरको ‘ब्रेक शू’ मा लुकाएर काठमाडौं ल्याइएको थियो । सो सुन भन्सार प्रणालीबाट सहजै पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बरामद गरेको थियो ।


    आइतवार, श्रावण ७ २०८००५:३३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij