Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

आज यि क्षेत्रमा वर्षाको सम्भावना

आज यि क्षेत्रमा वर्षाको सम्भावना

  • शनिवार, श्रावण ६ २०८०

  • 418
    SHARES

  • आज यि क्षेत्रमा वर्षाको सम्भावना

    काठमाडौँ । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रका राती पानी परेको थियो अहिले भने रोकिएको छ । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। पसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।


    शनिवार, श्रावण ६ २०८००६:३०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij