Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

राष्ट्र बैंकले बरामद सुन जोख्दै, ६ जना पक्राउ

राष्ट्र बैंकले बरामद सुन जोख्दै, ६ जना पक्राउ

  • बिहिवार, श्रावण ४ २०८०

  • 1.1K
    SHARES

  • राष्ट्र बैंकले बरामद सुन जोख्दै, ६ जना पक्राउ

    काठमाडौं । हिजो साँझ बरामद गरिएको सुन आज राष्ट्र बैंकले जोख्ने भएको छ । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन आज बिहान १० बजे बैंकले सुन जोख्ने भएको हो ।

    आठ वटा कार्टुन बक्समा ल्याइएका स्कुटरका १ सय ६० वटा ब्रेक सुको जाँचपास भन्सार कार्यालयले गरेको थियो । जसको तौल १ सय ५४ केजी उल्लेख रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले जानकारी दिनुभयो ।

    गत जुलाई १६ तारिखमा हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको खनालको भनाइ छ । तीन दिन विमानस्थलको भन्सार गोदाममा राखेर हिजो साँझ सुन निकालिएको थियो ।

    बुढानीलकण्ठ ठेगाना उल्लेख गरिएको ‘रेडी ट्रेडर्स प्रालि’ का नाममा आएको सुन नक्कली फर्म खडा गरी त्यसकै नाममा प्रज्ञापनपत्र खोलेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

    सुन ओसारपसारमा संलग्न रहेका ६ जनालाई पक्राउ गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानले जानकारी दिनुभयो । पक्राउ पर्नेमा एक भन्सार एजेन्ट पनि छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको ढुंगानाको भनाइ छ ।


    बिहिवार, श्रावण ४ २०८००८:५६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij