काठमाडौं। धुलिखेलबाट काठमाडौं आउदैं गरेको बस दुर्घटनामा परेको छ । यात्रुबाहक बा ३ ख ९३९६ नम्बरको बस भक्तपुरको साँगामा रहेको महादेव मन्दिर जाने साँगा पुल नजिकै बस भीरबाट खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनामा ७ जना घाइते भएको र अहिले उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उद्धार गरेर उपचारका लागी अस्पताल पठाईएको हो। घाइतेमध्ये ४ जना घाइतेको इबमुरा अस्पताल र ३ जनाको मध्यपुर अस्पतालमा उपचार जारी छ।
भक्तपुर पठाएका घाइतेहरूको हात खुट्टामा चोट लागेको भक्तपुर प्रहरिले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। अहिले उद्धार कार्य जारी रहेको काभ्रे प्रहरिले जनाएको छ । बसमा ३०÷३५ जना सवार रहेको स्थानीयहरूले बताएका छन्।