Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

२४ हजार रुपैयाँ घुस रकमसहित कार्यालय सहयोगी पक्राउ

२४ हजार रुपैयाँ घुस रकमसहित कार्यालय सहयोगी पक्राउ

  • बिहिवार, आश्विन १५ २०७७

  • 962
    SHARES

  • २४ हजार रुपैयाँ घुस रकमसहित कार्यालय सहयोगी पक्राउ

    काठमाडौं । नागरिकताका लागि सिफारिस गराइदिने भन्दै घुस लिने जनकपुरधाम उप महानगरपालिकाका एक जना कार्यालय सहयोगी पक्राउ परेका छन् । उपमहानगरपालिका वडा नम्बर १३ कार्यालयका सहयोगी दिलिप पञ्जियार घुस रकमसहित आज पक्राउ परेका हुन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले वडा कार्यालय नजिकबाटै पञ्जियारलाई २४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । उनले नागरिकताको सिफारिस गराइदिने भन्दै एक जना सेवाग्राहीसँग घुसवापत उक्त रकम लिएको अख्तियारले जनाएको छ ।

    उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ ।


    बिहिवार, आश्विन १५ २०७७०२:०३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij