Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

नाबालिकालाई गाँजा ओर्सान प्रयोग गरेको आरोपमा एकजना पक्राउ 

नाबालिकालाई गाँजा ओर्सान प्रयोग गरेको आरोपमा एकजना पक्राउ 

  • मंगलवार, श्रावण २ २०८०

  • 426
    SHARES

  • नाबालिकालाई गाँजा ओर्सान प्रयोग गरेको आरोपमा एकजना पक्राउ 
    काठमाडौं । एक नाबालिकालाई  प्रयोग गरी लागुऔषध कारोबार गरेको अभियोगमा पर्सा धोबिनी गाउँपालिका—५ बस्ने २७ वर्षीय फैज उल्लाह साहलाई प्रहरीले पक्राउ गरेको छ। 
     
    काठमाडौं महानगरपालिका–९ त्रिभुवन विमानस्थल कार्गो कम्प्लेक्सबाट अमेरिकाको क्यालिफोर्नियाबाट आयात गरिएको अवैध लागूऔषध गाँजा ओसार्न नाबालिकालाई प्रयोग गरेको आरोपमा उनी पक्राउ परेका हुन्। 
     
    २ किलोग्राम गाँजा लिन गएकी नाबालिकालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा साहले परिचालन गरी लागूऔषधको कारोबार गरेको खुल्न आएपछि साहलाई प्रहरीले पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ। पक्राउ परेका साह उपर जिल्ला अदालत काठमाडौंबाट म्याद लिई लागूऔषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भइरहेको छ।


    मंगलवार, श्रावण २ २०८००७:२४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij