Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

जहाज मलेसियामा ग्राउन्डेड भएको घटना छानबिन गर्न निगमले बनायो उपसमिति

जहाज मलेसियामा ग्राउन्डेड भएको घटना छानबिन गर्न निगमले बनायो उपसमिति

  • मंगलवार, श्रावण २ २०८०

  • 521
    SHARES

  • जहाज मलेसियामा ग्राउन्डेड भएको घटना छानबिन गर्न निगमले बनायो उपसमिति

    काठमाडौं । अक्सिजन अभावले जहाज मलेसियामा ग्राउन्डेड भएको घटनाको सत्यतथ्य अनुसन्धान गर्न नेपाल वायुसेवा निगमले उपसमिति गठन गरेको छ ।

    निगमले चालक दलका लागि ककपिटमा रहने सिलिन्डरमा अक्सिजनको मात्रा घटेको विषयमा छानबिन गर्न निर्देशक महेश मारिताको संयोजकत्वमा मंगलबार छानबिन उपसमिति गठन गरेको हो ।

    एक साताभित्र अनुसन्धान गरी प्रतिवेदन बुझाउन समितिलाई म्याद दिइएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । अर्का निर्देशक पोषक ज्ञवाली सदस्य रहेको समितिले अक्सिजन बोतलको प्रेसर किन र कसरी घट्यो भन्ने अनुसन्धान गरी भविष्यमा यस्तै प्रकृतिका घटना हुन नदिन सिफारिस गर्नुपर्ने छ ।

    उपसमितिलाई ‘मूल कारण विरुद्ध सुधारात्मक कारबाही सिफारिस गर्ने र यस घटनाको लागि जानाजानी कारबाही भएको खण्डमा जिम्मेवार व्यक्तिलाई सजायको कारबाही सिफारिस गर्नुपर्ने,’ कार्यादेश तोकिएको छ ।

    जहाजमा चालक दलका लागि आवश्यक अक्सिजनको मात्रा अत्याधिक न्यून देखिएपछि मंगलबार बिहान नेपाली समयअनुसार ३ बजे काठमाडौंका लागि उड्नुपर्ने निगमको न्यारोबडी क्वालालम्पुरमै रोकिएको थियो ।

    उडानमा रहेका एक कर्मचारीका अनुसार, त्यहाँको स्टेशनले एयर एसियासँग अक्सिजन मागेर प्रबन्ध गरेपछि न्यारोबडी १ सय ५२ यात्रु बोकेर झन्डै ११ घन्टा ढिलो गरी दिउँसो साढे १ बजे मलेसियाबाट उडेको छ । त्यो विमान भैरहवामा अवतरण गरेर साँझ ७ बजे काठमाडौं अवतरण हुने तालिका छ ।

     


    मंगलवार, श्रावण २ २०८००६:०९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij