Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

एलओडीका दुईजना कर्मचारी पक्राउ

एलओडीका दुईजना कर्मचारी पक्राउ

  • सोमवार, श्रावण १ २०८०

  • 532
    SHARES

  • एलओडीका दुईजना कर्मचारी पक्राउ

    काठमाडौं । काठमाडौं प्रहरी परिसरले चर्चित नाइट क्लब एलओडीका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ ।

    एलओडीका दुई सन्चालकलाई सरकारी वकिल कार्यालयले छाडेको केही दिनपछि प्रहरीले कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा म्यानेजर सहदेव स‍ेढाई र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई पक्राउ गरेको जनाइएको छ । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले यसअघि सन्चालकहरु घटना भएको दिन क्लबमा नआएको र उनीहरु लगानीकर्ता मात्र भएकाले सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेको बताउँदै प्रत्यक्ष संलग्न देखिएका कर्मचारीलाई नियन्त्रणमा लिइएको बताउनुभयो ।

    नाबालिगलाई क्लबमा छिराएको भन्दै प्रहरीले एलओडीका साहुलाई नियन्त्रणमा लिएको थियो । ती नाबालिग सानेपामा पुगेर बलात्कृत भएपछि प्रहरीले एलओडीले लापरबाही गरेको निष्कर्ष निकालेको थियो ।


    सोमवार, श्रावण १ २०८००२:५१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij