Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जेष्ठ नागरिक दिवस : नेपालमा ३० लाख जेष्ठ नागरिक

जेष्ठ नागरिक दिवस : नेपालमा ३० लाख जेष्ठ नागरिक

  • बिहिवार, आश्विन १५ २०७७

  • 1.8K
    SHARES

  • जेष्ठ नागरिक दिवस : नेपालमा ३० लाख जेष्ठ नागरिक

    काठमाडौं । जेष्ठ नागरिकहरुको विषयमा सम्मान गर्दै आज संसारभरी अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै छ ।

    कोरोना कहरको कारण संसारभरि कोलाहालपूर्ण अवस्थामा रहेकाले एकै ठाउँमा भेला भएर गरिने कार्यक्रमहरु नभएपछि अन्य तरिकाले छलफल तथा अन्तरक्रियात्मक कार्यक्रमहरु भने आयोजना गरिएका छन् ।

    प्रत्येक वर्षको अक्टोवर १ तारिकका दिन विश्वभरी जेष्ठ नागरिक दिवस मनाउने गरिएको छ । विश्वको कुल जनसंख्याको १२ देखि १५ प्रतिशत अर्थात् ९० करोड जनसंख्या ज्येष्ठ नागरिक रहेका छन् ।

    खानपान, स्वास्थ्य सेवा, उच्च जीवन शैलीका कारण औसत आयु बढेसँगै ज्येष्ठ नागरिकको संख्या क्रमिक रूपमा बढिरहेको छ ।
    नेपालमा भने कुल जनसंख्याको ८.१३ प्रतिशत अर्थात करिव ३० लाख जेष्ठ नागरिकहरु रहेका छन् ।

    यसमा पनि पुरुषको भन्दा महिलाको संख्या उच्च रहेको छ । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार सन् २०५० मा पृथ्वीको करिब २५ प्रतिशत जनसंख्या ५५ वर्ष र सोभन्दा माथिका हुनेछन् ।

    सन् १९९१ मा मानवअधिकारका लागि विश्वव्यापी घोषणापत्रमा वृद्धवृद्धा अर्थात् ज्येष्ठ नागरिका अधिकारका विषयले प्रवेश पाएको हो ।
    सो घोषणापत्रमा वृद्धवृद्धाहरूको स्वतन्त्रता, सहभागिता, स्याहारसुसार, स्वनिर्वाह वा सन्तुष्टि र प्रतिष्ठाको उपभोग र उपयोग गौरवपूर्ण ढंगले गर्न पाउनुपर्ने उल्लेख गरिएको छ । साथै त्यसको रक्षाका खातिर समाजका सबै तह र तप्काका नागरिक सचेत र सव्रिmय हुनुपर्ने आवश्यकता रहेको लेखिएको छ ।

    नेपालमा पनि ज्येष्ठ नागरिकका हितका लागि बनेको ऐन र नियमको कार्यान्वयन उचित ढंगले नभएको यस क्षेत्रमा काम गर्नेहरुले बताएका छन् ।

     

     


    बिहिवार, आश्विन १५ २०७७०८:५८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij