Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आज यी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

  • सोमवार, श्रावण १ २०८०

  • 915
    SHARES

  • आज यी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना
    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।

    सोमबार(आज)  बिहानसम्म देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेशका केही साथै कोशी, बागमती र  कर्णाली प्रदेशका थोरै लगायत बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका थोरै तथा बाँकी  प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका एक-दुई, कोशी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 


    सोमवार, श्रावण १ २०८००६:२५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij