Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

  • आइतवार, आषाढ ३१ २०८०

  • 368
    SHARES

  • आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ । देशका अधिकांश स्थानमा केहि दिनयता लगातारजसो पानी परिरहेको छ । यतिबेला देशमा मनसुनी वायुको प्रभाव रहेको छ।  आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    मधेस प्रदेश लगायत कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

    आज राति भने मधेस र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती  र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 


    आइतवार, आषाढ ३१ २०८००६:५८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij