Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

नेपालमा उत्पादित हाइलेज घाँस चीन निर्यात

नेपालमा उत्पादित हाइलेज घाँस चीन निर्यात

  • शनिवार, आषाढ ३० २०८०

  • 880
    SHARES

  • नेपालमा उत्पादित हाइलेज घाँस चीन निर्यात
    काठमाडौं । नेपालमा चितवनबाट पहिलो पटक पशुपालनका लागि उपयोगी (हाइलेज) घाँस चीन निर्यात सुरु भएको छ।
     
    नेपालबाट आधिकारिकरूपमा चितवनको भरतपुरबाट चीनमा (हाइलेज) घाँस निर्यात सुरु भएको हो। चितवनको भरतपुरमा उत्पादित प्याकिङ घाँस ‘हाइलेज’को चीनमा निर्यातको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषि मन्त्री बेदुराम भुसाल र नेपालका लागि चिनियाँ राजदूत छन् सङले संयुक्तरूपमा रिबन काटेर शुभारम्भ गर्नुभयो 
     
    कार्यक्रममा गृहमन्त्री श्रेष्ठले पशु आहार चीन पठाउने कामको आरम्भ भएको भन्दै अब नयाँ सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिनुभयो। व्यापार घाटा कम गर्ने र सफलरूपमा देशलाई विकास र समृद्धिको दिशामा फड्को मार्नेतिर लान जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ। 
     
    उक्त अवसरमा हाइलेज पशु आहार लोड गरेको १० वटा ट्रकलाई रिबन काटेर चीनतर्फ पठाइएको थियो। करिब ८० टन साइलेज चीनको सिगाचेमा पठाएको छ। करिब ३ वर्षको प्रयासपछि नेपालको घाँस हाइलेज चीन पठाउन सफल भएको हो। 
     
    चिनियाँ व्यवसायीको लगानीमा चितवनमा हाल मकैको हाइलेज उत्पादन हुँदै आएको छ। 


    शनिवार, आषाढ ३० २०८००५:१०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij