Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

भीरबाट ढुंगा खसेर लाग्दा महिलाको ज्यान गयो

भीरबाट ढुंगा खसेर लाग्दा महिलाको ज्यान गयो

  • शनिवार, आषाढ ३० २०८०

  • 699
    SHARES

  • भीरबाट ढुंगा खसेर लाग्दा महिलाको ज्यान गयो

    काठमाडौं।भीरबाट खसेको ढुंगाले लागेर दार्चुलामा एक महिलाको ज्यान गएको छ। मेलामा घाँस काट्ने क्रममा नौगाड गाउँपालिका–४ होपरीमा भीरबाट ढुंगा खसेर ढुंगा टाउकोमा लाग्दा होपरीस्थित कसाडमेलाकी ५० वर्षीया सीतादेवी ठगुन्नाको मृत्यु भएको हो।

    घाँस काट्ने क्रममा हिजो शुक्रबार साँझ अवेर उनलाई ढुँगाले लागेको मृतकका स्थानिय आफन्तले जानकारी दिएका छन्। मृतक सीताका आफन्त दिपकसिंह ठगुन्नाका अनुसार घर नजिकै मेलामा घाँस काटिरहेको ढुंगा टाउकोमा लाग्दा सिताको घटनास्थलमै मृत्यु भएको थियो।

    मृतक सीताका पति, छोरा, बुहारी र नातीनातिना छन्। दार्चुलाका ग्रामीण भेगहरुमा घाँस काट्ने क्रममा भीरबाट लडेर वर्षेनि धेरै मानिसहरुको अकालमै ज्यान जाने गरेको छ।


    शनिवार, आषाढ ३० २०८००४:५८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij