Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतमा खोलाले बगाउँदा एक नेपालीको मृत्यु

भारतमा खोलाले बगाउँदा एक नेपालीको मृत्यु

  • शनिवार, आषाढ ३० २०८०

  • 1.4K
    SHARES

  • भारतमा खोलाले बगाउँदा एक नेपालीको मृत्यु

    काठमाडौं। भारतमा खोलाले बगाउँदा एक नेपालीको ज्यान गएको छ।भारतको चण्डीगढमा खोलाले बगाएर रोल्पाको त्रिवेणी–४ चालढुंगाका ४७ वर्षीय नरेश वलीको मृत्यु भएको हो।गत असार २५ गते बिदाको दिनमा आफन्तसहित चन्डीगढस्थित अमरावाती नदी किनारमा घुमघाम गर्न पुगेका बेला उक्त नदीको ड्याम खोलिँदा एक्कासि बाढी आएर उनलाई बगाएको थियो।

    घटनापछि स्थानीयसँगै भारतीय प्रहरीले समेत खोजी थालेपनि उनको शव भने दुई दिनपछि असार २७ गते बुधबार ३५ किलोमिटर टाढाको मुबारकपुरमा फेला परेको थियो।त्यसपछी प्रहरीले वलिको शव २९ गते हिजो मात्रै पोस्टमार्टम गरेर जिम्मा लगाएपछी आफन्तले दाहसँस्कार गरेका छन्।

    २५ वर्षदेखि भारतमा बस्दै आएका मृतक वलीका वलीका श्रीमतीसहित ३ छोरी र १ छोरा दाङको तुलसीपुरमा बस्छन्।


    शनिवार, आषाढ ३० २०८००३:४८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij