Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

जनकपुरधाम–जयनगर रेल सेवा आइतबारदेखि विस्तार हुने 

जनकपुरधाम–जयनगर रेल सेवा आइतबारदेखि विस्तार हुने 

  • शुक्रवार, आषाढ २९ २०८०

  • 591
    SHARES

  • जनकपुरधाम–जयनगर रेल सेवा आइतबारदेखि विस्तार हुने 
    काठमाडौं । आइतबारदेखि जनकपुरधाम–जयनगर रेल सेवा विस्तार हुने भएको छ । भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने भएको हो । 
     
    ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । 
     
    उहाँका अनुसार जनकपुरधामको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म थप १७ किलोमिटरमा सञ्चालनको शुभारम्भ गर्नका लागि नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जाने महाप्रबन्धक झाले जनाउनुभयो । 
     
    अहिले जनकपुरधामदेखि जयनगरसम्म ३४ किलो मिटरमा रेलले सेवा दिइरहेको छ । 
     
    नेपाल रेल्वे कम्पनीले यसका लागि महोत्तरीको भंगहामा रेल सेवाको विस्तारको कार्यक्रम समेत राखेको छ । कुर्था विजलपुरा खण्डमा रेल सेवा सञ्चालन भएपछि ब्रोडगेज रेलको लम्बाई ५२ किलोमिटर पुग्नेछ । 
     
    यस अघि जनकपुरधामदेखि कुर्थासम्म करिब ३५ किलोमिटर क्षेत्रफलमा रेल्वे सञ्चालनमा थियो । रेल्वे विजलपुरासम्म सञ्चालनमा आउने भएपछि सञ्चालनको समयमा हेरफेर भएको झाले बताउनुभयो । 
     
    अब महोत्तरीको विजलपुराबाट बिहान ७ः३० बजे रेल जयनगरका लागि चल्नेछ । जयनगर हुँदै जनकपुरधामबाट साँझमा विजलपुराका लागि रेल्वे प्रस्थान हुनेछ । यसअघि न्यारोगेज रेल्वे विजलपुरासम्म सञ्चालनमा थियो । 


    शुक्रवार, आषाढ २९ २०८००५:४८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij