Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

आज २१०‍औँ भानुजयन्ती मनाइँँदै

आज २१०‍औँ भानुजयन्ती मनाइँँदै

  • शुक्रवार, आषाढ २९ २०८०

  • 526
    SHARES

  • आज २१०‍औँ भानुजयन्ती मनाइँँदै

    काठमाडौं । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन। नेपाल तथा नेपालीभाषी रहेका स्थानमा विविध कार्यक्रम गरी आज २१०औँ भानुजयन्ती मनाइँँदै छ।

    आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गर्नुभएको थियो ।

    भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिनुभयो । भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गर्नुभएको थियो । रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्।

    भनिन्छ, जहाँ जुन प्रसंग आउँछ तत्काल कविता रच्न सक्ने क्षमता उनको थियो। उनको निधन १९२५ मा भएको थियो।

    भानुजयन्तीको अवसरमा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानलगायत स्वदेश र विदेशमा रहेका विभिन्न संघसंस्थाले कार्यक्रम गर्दैछन्। विद्यालय तथा विश्वविद्यालयमा पनि भानुभक्तका रचना पाठ गरिँदैछ। विभिन्न संस्थाले भानुको रचनावाचन प्रतियोगिता नै चलाएका छन्।

    नेपाललगायत भारतमा नेपालीभाषीको बहुलता रहेका क्षेत्रमा भानुजयन्ती विशेष किसिमले मनाइन्छ।

    भानुजयन्तीको अवसरमा गण्डकी प्रदेशले शुक्रबार सार्वजनिक विदा दिएको छ।


    शुक्रवार, आषाढ २९ २०८००७:०३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij