Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

आज पनि अधिकांश स्थानमा पानी पर्ने

आज पनि अधिकांश स्थानमा पानी पर्ने

  • शुक्रवार, आषाढ २९ २०८०

  • 389
    SHARES

  • आज पनि अधिकांश स्थानमा पानी पर्ने

    काठमाडौँ । देशका अधिकांश स्थानमा लगातार पानी परिरहेको छ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।

    आज राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा राति पनि हावा-हुरीको सम्भावना रहेको छ।


    शुक्रवार, आषाढ २९ २०८००६:५२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij