Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन

जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन

  • बुधवार, आषाढ २७ २०८०

  • 299
    SHARES

  • जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन
    काठमाडौं । जातीय विभेदका कारण हुने हिंसाजन्य घटना शृङ्खलाबद्ध रूपमा बढ्दै गएको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
     
    जात व्यवस्था उन्मुलन मोर्चा, नेपालले जातीय विभेदका कारण घटेका शृङ्खलाबद्ध घटनाविरुद्ध बुधबार(आज) काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।  
     
    जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घर जलाइएको, दाङमा डेराबाट निकालिएकोलगायतका प्रतिनिधिमूलक घटनाका साथै देशभर भएका जातीय विभेदविरुद्ध मोर्चाले खबरदारी गरेको हो ।
     
    प्रदर्शनमा सहभागीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।
     
    उनीहरूले जातीय विभेदका कारण हिंसाजन्य घटनामा पीडितलाई छिटो न्याय र पीडकलाई कडा कारबाही गर्नुपर्ने माग राखेका छन् ।


    बुधवार, आषाढ २७ २०८००२:५६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij