Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सोलुखुम्बु हेलिकोप्टर दुर्घटना अपडेट : मृतक छ जनाकै शव काठमाडौं ल्याइँदै

सोलुखुम्बु हेलिकोप्टर दुर्घटना अपडेट : मृतक छ जनाकै शव काठमाडौं ल्याइँदै

  • मंगलवार, आषाढ २६ २०८०

  • 617
    SHARES

  • सोलुखुम्बु हेलिकोप्टर दुर्घटना अपडेट : मृतक छ जनाकै शव काठमाडौं ल्याइँदै

    काठमाडौं। सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मृतक ६ जनाकै शव काठमाडौं ल्याइने भएको छ ।

    आज बिहान सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन–एएमभी कलसाइन रहेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५को भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त हुँदा क्याप्टेनसहित छ जनाको मृत्यु भएको थियो ।

    प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले दुर्घटनामा क्याप्टेन सीबी गुरुङ र पाँच जना मेक्सिकोका नागरिकको शब काठमाडौं पठाउन थालिएको जानकारी दिनुभयो । मृत्यु हुनेमा क्पाप्टेन सीबी गुरुङ र मेक्सिकोका नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक छन् ।

    प्रजिअ भट्टराईले मृतक सबैको शव क्षतविक्षत अवस्थामा भेटिएको बताउनुभयो। उहाँले मृतकको शव काठमाडौं पठाउन लागि हेलिकोप्टर पठाइए पनि प्रतिकूल मौसमका कारण हेलिकोप्टर दुर्घटनास्थल पुग्न सकेको छैन।


    मंगलवार, आषाढ २६ २०८००३:५७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij