Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कपिलवस्तुमा सर्पले डस्दा दाजुभाइसहित ४ जनाको मृत्यु

कपिलवस्तुमा सर्पले डस्दा दाजुभाइसहित ४ जनाको मृत्यु

  • मंगलवार, आषाढ २६ २०८०

  • 1.6K
    SHARES

  • कपिलवस्तुमा सर्पले डस्दा दाजुभाइसहित ४ जनाको मृत्यु

    काठमाडौं । कपिलवस्तुमा विषालु सर्पले डस्दा दुई दाजुभाइसहित ४ जनाको मृत्यु भएको छ ।

    बुद्धभूमि नगरपालिका १, कपासीका दाजुभाइ ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दिपक भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ । हजुरआमासँग भुइँमा सुतेका उनीहरुलाई सोमबार राति सर्पले डसेको थियो । बिहान दाजुभाइ अचेत अवस्थामा भेटिएका थिए ।

    परिवारले उपचारका लागि गोरुसिंगेस्थित बुद्ध पोलिक्लिनिक लगेका थिए । पोलिक्लिनिकले बुटवल रिफर गरेको थियो । बुटवल लैजाँदा एक जनाको बाटोमै र अर्काको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुँदाहुँदै मृत्यु भएको बताइएको छ । दाजुभाइ गोरुसिंगेस्थित पारिजात बोडिङ स्कुलमा अध्ययनरत थिए ।

    त्यस्तै, महाराजगन्ज नगरपालिकाकी ३१ वर्षीया अनिता यादवलाई गोमन सर्पले डस्दा उनको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–१० हरदासडिहवाकी १४ वर्षीया ममता चमारको पनि विषालु सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जनालाई गोरुसिंगे सर्पदंश उपचार केन्द्रमा लगे पनि ढिलो भएका कारण मृत्यु भएको हो । उनीहरुलाई सोमबार दिउँसो र साँझ सर्पले डसेको जनाइएको छ ।


    मंगलवार, आषाढ २६ २०८००३:१७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij