Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

आगामी साउन १ देखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवन गर्न नपाइने

आगामी साउन १ देखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवन गर्न नपाइने

  • मंगलवार, आषाढ २६ २०८०

  • 629
    SHARES

  • आगामी साउन १ देखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवन गर्न नपाइने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आगमी साउन १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवनमा रोक लगाउने भएको छ ।

    काठमाडौं महानगरपालिका र बानेश्वर ब्यापार संघको संयुक्त पहलमा साउन १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवनमा रोक लगाउने निर्णय गरिएको हो ।

    पहिलो चरणमा बानेश्वर क्षेत्रबाटै उक्त काम सुरु हुने र क्रमिक रूपमा महानगरपालिकाका ३२ वटै वडामा विस्तार गर्ने तयारी गरिएको छ । त्यसका लागि मंगलबारदेखि प्रचासप्रसार सुरु गरिंदै छ । धुम्रपान र मद्यपान सेवन गर्नेका लागि केही निश्चित स्थान भने तोकिने भएको छ ।

    एक वर्षअघि पनि महानगरपालिकाले सूर्तीजन्य पदार्थ सार्वजनिक स्थानमा निषेध गरेको थियो । तर, त्यसको कार्यान्वयन प्रभावकारी नभएपछि कडाई गर्न लागिएको हो ।


    मंगलवार, आषाढ २६ २०८०१०:५३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij