काठमाडौं। सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भुकम्प गएको छ। सिन्धुपाल्चोकको बाह्रबीसे केन्द्रविन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।भूकम्पको धक्का बाह्रविसे नगरपालिका आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ ।
आज गएको भुकम्पले कुनै पनि क्षति पुगेको खबर भने प्राप्त नभएको भुकम्प मापन केन्द्रले जानकारी दिएको छ।२०७२ साल वैशाख १२ गते गएको भूकम्पले सिन्धुपाचोकमा जनधनको ठूलो क्षति पुर्याएको थियो।