Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

चन्द्रागिरिमा मत्स्यनारायण मेलाको तयारी जारी, व्यवसाय सञ्चालन गर्दा अनिवार्य दर्ता गर्नुपर्ने

चन्द्रागिरिमा मत्स्यनारायण मेलाको तयारी जारी, व्यवसाय सञ्चालन गर्दा अनिवार्य दर्ता गर्नुपर्ने

  • सोमवार, आषाढ २५ २०८०

  • 982
    SHARES

  • चन्द्रागिरिमा मत्स्यनारायण मेलाको तयारी जारी, व्यवसाय सञ्चालन गर्दा अनिवार्य दर्ता गर्नुपर्ने

    काठमाडौं । चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिर क्षेत्रमा हरेक पुरूषोत्तम मासका अवसरमा लाग्ने मेलाको तयारी भइरहेको छ ।

    साउन २ गतेदेखि १ महिनासम्म लाग्ने पुरूषोत्तम मास मेलाको व्यवस्थापनका लागि वडा कार्यालयको अग्रसरतामा विभिन्न निर्णय गरिएको वडाध्यक्ष अच्यूत अधिकारीले जानकारी दिनुभयो ।

    वडाध्यक्ष अधिकारी अनुसार मेला व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरी जिम्मेवारी दिने कार्य जारी छ । मेला व्यवस्थापनका लागि नगरपालिका, सुरक्षा निकाय लगायतका सरोकारवाला निकायहरूसँग समन्वयात्मक बैठक बस्ने क्रम जारी छ ।

    मेला व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थान ओगटेर पसल राख्न नपाइने, व्यापार व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा दर्ता गर्नुपर्ने, हरेक पसलमा अनिवार्य रूपमा सबैले देख्ने गरी मूल्य सूची राख्नुपर्ने समेत निर्णय भएको बताइएको छ । सो नियम नमान्नेलाई कडा कारबाही गर्ने निर्णय भएको वडाध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

    बैठकले मत्स्य नारायण मन्दिर क्षेत्रको १५० मिटर क्षेत्र वरपर मदिराजन्य पदार्थ तथा माछाबाट बनेका परिकार विक्री वितरणमा रोक लगाउने निर्णय समेत गरेको छ ।

    3-35.jpg


    सोमवार, आषाढ २५ २०८००३:२८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij