Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

भारतले धौलीगंगाको बाँध खोल्दै, महाकाली किनारमा ‘अलर्ट’ जारी

भारतले धौलीगंगाको बाँध खोल्दै, महाकाली किनारमा ‘अलर्ट’ जारी

  • सोमवार, आषाढ २५ २०८०

  • 310
    SHARES

  • भारतले धौलीगंगाको बाँध खोल्दै, महाकाली किनारमा ‘अलर्ट’ जारी

    काठमाडौं । भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएपछि महाकाली नदी किनारका बासिन्दालाई पूर्व सतर्कता अपनाउन दार्चुला प्रशासनले आग्रह गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै असार २६ गते बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म र त्यसपछि पनि सतर्कता अपनाउन भनेको हो ।

    भारतको एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्न लागिएको जानकारी गराएका छन् ।

    सिल्ट सफाइका लागि असार २६ गते बिहान ५ बजेदेखि राति ८ बजेसम्म बाँध खोल्न लागिएको पत्रमा उल्लेख छ ।

    भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा पर्ने धौलीगंगाको बाँध खोल्दा दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीको जलस्तर बढ्दछ । त्यसैले महाकाली नदी किनारमा बसोबास गर्दै आएका बासिन्दालाई बाँध खोलिने अवधिभर र त्यसपछि पनि सतर्कता अपनाउन दार्चुला प्रशासनले अनुरोध गरेको छ ।

     

    dhauli_DOZdsFnTkU.jpg


    सोमवार, आषाढ २५ २०८००७:३३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij