Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सचिवलाई मुक्का प्रहार गर्ने वडाध्यक्ष विष्ट चोरी आरोपमा पक्राउ

सचिवलाई मुक्का प्रहार गर्ने वडाध्यक्ष विष्ट चोरी आरोपमा पक्राउ

  • आइतवार, आषाढ २४ २०८०

  • 3.3K
    SHARES

  • सचिवलाई मुक्का प्रहार गर्ने वडाध्यक्ष विष्ट चोरी आरोपमा पक्राउ
    काठमाडौं ।  वीरेन्द्रनगर नगरपालिका वडा नम्बर—३ का वडाध्यक्ष विनोदसिंह विष्ट चोरी आरोपमा पक्राउ परेका छन् । उनलाई उपभोक्ता समितिको ६ लाख ५० हजार रकम चोरीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत डीएसपी लक्ष्मण शाहीले जानकारी दिनुभयो ।
     
    प्रहरीका अनुसार वडाध्यक्ष विष्टसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम चोरेर फरार भएको उजुरी बिहीबार प्रहरीमा परेको थियो । वडाध्यक्ष विष्ट, सुशील गुरुङ, बलिराज शाहीले खोर्केखोला तटबन्ध उपभोक्ता समितिको रकम धम्क्याएर लगेको उजुरीमा उल्लेख छ ।
     
    गुरुङ र शाही शनिबार नै पक्राउ परेका थिए । उनीहरूले वडाध्यक्षलाई दुई लाख रकम दिएको प्रहरी समक्ष स्वीकारसमेत गरेका थिए । विष्ट नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
     
    बिहीबार दिउँसो ३ बजेतिर टोल समिति अध्यक्षको घरबाट उनीहरूले रकम लिएको प्रहरीले जनाएको छ । उनीहरूले काम सिद्ध्याइँ बाँड्न लागेको रकम धम्क्याएर लगेको उपभोक्ता समितिका सदस्य दीपा खड्काले बताउनुभयो। 
     
    वडाध्यक्ष विष्ट केही महिना अगाडि  एक सचिवलाई मुक्का हानेर सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।


    आइतवार, आषाढ २४ २०८००५:२३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij