Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

मिटरब्याजविरूद्धको कानुन पारित गर्न माग गर्दै पीडितहरुको प्रदर्शन

मिटरब्याजविरूद्धको कानुन पारित गर्न माग गर्दै पीडितहरुको प्रदर्शन

  • आइतवार, आषाढ २४ २०८०

  • 387
    SHARES

  • मिटरब्याजविरूद्धको कानुन पारित गर्न माग गर्दै पीडितहरुको प्रदर्शन

    काठमाडौं । मिटरब्याजविरूद्धको कानुन पारित गर्न माग गर्दै मिटर ब्याज पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

    उनीहरूले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक संविधान अनुसार ६० दिनभित्र संसदबाट पारित नहुने भएका कारण निष्क्रिय भएको छ ।

    अध्यादेशको प्रतिस्थापन विधेयक राष्ट्रियसभाले १५ असारमा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । प्रतिनिधिसभाले गत बुधबारसम्म पारित गरेर राष्ट्रियसभामा पठाउनुपर्ने थियो र राष्ट्रियसभाले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पठाउनुपर्ने थियो ।

    तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली गएको भनी केही दिनअघि दिएको अभिव्यक्तिको विषयलाई लिएर नेकपा एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा अवरुद्ध गरेको छ ।


    आइतवार, आषाढ २४ २०८००२:०३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij