Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

पहिरो पन्छाएपछि मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालन

पहिरो पन्छाएपछि मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालन

  • आइतवार, आषाढ २४ २०८०

  • 262
    SHARES

  • पहिरो पन्छाएपछि मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालन

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि नौ घण्टापछि आज विहानदेखि सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको हो ।

    चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपरान्ह चार बजे सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो ।

    अहिले रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । उहाँले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध गर्नुभयो ।

    यस सडकखण्डमा असार महिना लागेपछि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यस सडक हुँदै दैनिक हजारौ सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।


    आइतवार, आषाढ २४ २०८००७:५२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij