Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

  • बिहिवार, आषाढ २१ २०८०

  • 4.3K
    SHARES

  • एसईईको नतिजा सार्वजनिक
    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल (नतिजा) प्रकाशन गरेको छ। बोर्डको बैठकको निर्णयअनुसार केही समय अगाडि नतिजा सार्वजनिक भएको हो।  
     
    २०७९ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुने बोर्डले जनाएको छ। अबको केही समयपछि वेबसाइट, एसएमएस र आईभीआरमार्फत् आफ्नो नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।   
     
    एसएमएस र आईभीआरबाट नतिजा प्रकाशनका लागि नेपाल टेलिकमसहित ५ वटा कम्पनीले स्वीकृति पाएका थिए। यस्तै, १४ वटा वेबसाइटबाट एसईईको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका साथै बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० को वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ।


    बिहिवार, आषाढ २१ २०८००३:२१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij