Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

ठमेलस्थीत एलओडी क्लवका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

ठमेलस्थीत एलओडी क्लवका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

  • बिहिवार, आषाढ २१ २०८०

  • 646
    SHARES

  • ठमेलस्थीत एलओडी क्लवका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं। काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंक्स(एलओडी)क्लबका दुई सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत ललितपुरबाट एक १६ वर्षीया बालिका बलात्कारको घटनामा अनुसन्धान गर्न क्लबका सञ्चालकद्वय रुदिल वल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।

    नाबालिगलाई क्लबमा प्रवेश दिएको बारेमा अनुसन्धान गर्न एलओडीका दुई सञ्चालकविरुद्ध अदालतबाट पक्राउ अनुमति लिएको ललितपुर प्रहरीले जनाएको छ। गएको जेठ ३० गते ती बालिका एलओडी गएकी थिइन्।

    आफूलाई एलओडीबाट ललितपुर लगी बलात्कार गरिएको भन्दै उनले ललितपुर प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।बालिकाको जाहेरीका आधारमा प्रहरीले बलात्कारको आरोपमा पोखरा घर भई ललितपुरको बागडोलमा बस्दै आएका सुदनबहादुर कोइरालालाई पक्राउ गरेको छ।

    प्रहरीसँगको बयानमा ५० वर्षीय कोइरालाले पीडित बालिका नाबालिग नभएको जिकिर गरेका छन् ।


    बिहिवार, आषाढ २१ २०८००२:३९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij