Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

राप्ती राजमार्गमा गुडिरहेको बसमा करेन्ट लाग्यो,२ जनाको मृत्यु, १९ जना घाइते

राप्ती राजमार्गमा गुडिरहेको बसमा करेन्ट लाग्यो,२ जनाको मृत्यु, १९ जना घाइते

  • बिहिवार, आषाढ २१ २०८०

  • 913
    SHARES

  • राप्ती राजमार्गमा गुडिरहेको बसमा करेन्ट लाग्यो,२ जनाको मृत्यु, १९ जना घाइते

    काठमाडौं। दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको बसमा करेन्ट प्रवाह हुँदा दुईजनाको मृत्यु भएको छ।

    राप्ती राजमार्ग दाङअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका– ३ चोरखोलामा रा १ ख ८३४ नम्बरको बसमा ३३ केभी प्रसारण लाइनको तारले छुदा करेन्ट लागेर दुईजना यात्रुको घटनास्थलमै मृत्यु भएको सल्यान प्रहरीका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिनुभयो।

    उहाँका अनुसार घटनामा एकजना गम्भीर घाइते भएका छन् भने १८ जना सामान्य घाइते भएका छन्। घाइतेहरूको सल्यानको कपुरकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।


    बिहिवार, आषाढ २१ २०८००२:२९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij