Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

राम्दीदेखि देवघाटसम्म तिरैतिर पैदलमार्ग बनाईने छ : रमण थापा

राम्दीदेखि देवघाटसम्म तिरैतिर पैदलमार्ग बनाईने छ : रमण थापा

  • बिहिवार, आषाढ २१ २०८०

  • 1.1K
    SHARES

  • राम्दीदेखि देवघाटसम्म तिरैतिर पैदलमार्ग बनाईने छ : रमण थापा

    काठमाडौं । कालीगण्डकीको राम्दीदेखि देवघाटसम्म तिरैतिर धार्मिक तथा पर्यटकिय पैदलमार्ग बनाईने भएको छ । पैदल मार्ग निर्माणका लागि रामपुर नगरपालिकाले यस बर्ष एक करोड तीस लाख बजेट छुट्याएको रामपुर नगरपालिकाका मेयर रमण थापाले जानकारी दिनुभयो ।

    नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै उहाँले राम्दीदेखि देवघाटसम्म पर्ने अन्य स्थानीय सरकारहरुको सहकार्यमा पैदल मार्ग निर्माण गर्न लागिएको र ती पालिकाहरुले पनि गृहकार्य गरिरहेको बताउनु भयो । तिरै तिरको पैदल मार्गमा धेरै धार्मिक क्षेत्र पर्ने भएकाले ती ठाउँहरुमा पुजा पाठ गर्ने, स्तान गर्ने, ध्यान गर्ने, वास बस्ने व्यवस्था मिलाउने उहाँको योजना छ ।

    उहाँले भन्नुभयो, “राम र सीता बनवासका बेला यस क्षेत्रमा आएकाले राम र सीता सम्वन्धी धेरै धार्मिक स्थलहरु यहाँ छन्, त्यसलाई थप स्थापित गर्न हामीले राम र सीताको ठूलो मुर्ति पनि बनाउदैछौँ, त्यसो भएपछि भारतीयसँगै विश्वभरीका हिन्दु धर्मावलम्वीहरु यहाँ आउने छन ।”

    कालीगण्डकीमा र्याफटीङ र वोटिङको सेवा सञ्चालन गर्न धमाधम गृहकार्य भईरहेको पनि मेयर थापाले बताउनु भयो । उहाँले राम्दीदेखि देवघाटसम्मका धार्मिक स्थलहरुको एकिकृत विकासका लागि सम्वन्धीत पालिकाहरु पनि उत्साहित रहेको जानकारी दिनुभयो ।

    हावा पानीको दृष्टिले पनि यो क्षेत्र अति उत्तम रहेको दावी गर्दै उहाँले प्रकृतिक मनोरम र कला संस्कृतिमा रमाउन चाहनेहरुका लागि पनि रामपुर आकर्षक गन्तव्य हुने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले रामपुरलाई धार्मिक, सांस्कृतिक र प्रकृतिक पर्यटकिय क्षेत्रसँगै कृषि क्षेत्रको रुपमा पनि विकास गर्दै लगिएको जानकारी दिनुभयो । आँप, लिचि लगायतका फलफुल र विभिन्न प्रकारका तरकारीका लागि उपयुक्त हावा, पानी र माटो रहेको रामपुरले एक वडा एक उत्पादन अभियान पनि सञ्चालन गरेको छ । फलफुल र तरकारीको व्यवसायीक खेती गर्ने कृषकहरुलाई तिस लाखसम्म व्याज मिनाह दिँदै आएको पनि मेयर थापाले जानकारी गराउनु भयो ।

    उहाँले पुर्वाधारको विकास मात्रै सबै विकास होईन भन्दै चेतनाको विकास, सामाजिक विकास, सकारात्मक मानसिकताको विकास, व्यक्तित्व विकास र मस्तीष्कको विकासमा नगरपालिका केन्द्रीत रहेको बताउनु भयो ।

    उहाँले भन्नुभयो, “सामाजिक र मस्तीष्कको विकास गरियो भने भौतिक विकाससँगै जोडिएर आउदोँ रहेछ, त्यो दिगो पनि हुदो रहेछ, नत्र जति विकास गरेपनि जनता खुशी र सुखी हुँदा रहेनछन, त्यसैले नकारात्मकता र पछौटेपन हटाउने गरी सचेतना र सुशासनका कार्यक्रमहरुको खाँचो धेरै रहेको अनुभव गरेको छु ।

    भिडियो हेर्न लिंक क्लिक गर्नुहोला ।

    https://www.facebook.com/radionrn/videos/1656977858141369


    बिहिवार, आषाढ २१ २०८००८:४८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij