Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध

हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध

  • मंगलवार, आषाढ १९ २०८०

  • 444
    SHARES

  • हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध

    काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो ।

    महानगर प्रमुख बालेन्द्र शाहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको बताउनुभयो । “विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग अगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्”, उहाँले भन्नुभयो– “अनुभव गर्न र रमाउन लाखौँ पर्यटक आउन सक्छन् ।”

    वसन्तपुर क्षेत्रमा दैनिक हजारौँ पर्यटक आउने गरेका उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत भविष्यमा लाखौँ पर्यटक आउनसक्ने सम्भावना रहेको उल्लेख गर्नुभएको छ ।

    मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको उल्लेख गर्दै हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरिएको उहाँले बताउनुभयो ।


    मंगलवार, आषाढ १९ २०८००२:०७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij