Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

  • सोमवार, आषाढ १८ २०८०

  • 386
    SHARES

  • नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
    काठमाडौं । नारायणगढ–मुग्लिङ सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएर र पल्टिएको ट्रकलाई उठाएर हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो ।
     
    चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान १ः५० बजे पहिरो खस्ने र ट्रक पल्टेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो । पाँच घण्टापछि यातायात सञ्चालनमा जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 
     
    तर, फेरि पनि पहिरोको जोखिम उच्च नै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन कार्यालयको आग्रह छ । यो सडक खण्ड बिहीबारदेखि पटकपटक बन्द हुँदै र खुल्दै आएको छ ।
     
    हिजो दिनभर बन्द भएर बेलुकीदेखि खुले पनि तुइनखोला नजिकै पहिलेकै ठाउँमा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको थियो । दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने यो सडक खण्डमा गएको बिहीबारदेखि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।
     
    सडकमाथिको पहाड पूरै खस्ने जोखिम रहेकाले यात्रा असुरक्षित छ । 
     


    सोमवार, आषाढ १८ २०८००८:२९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij