Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौं महानगरको निर्देशन

ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौं महानगरको निर्देशन

  • आइतवार, आषाढ १७ २०८०

  • 1.5K
    SHARES

  • ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौं महानगरको निर्देशन
    काठमाडौं ।  काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन निर्देशन दिएको छ ।
     
    आइतबार(आज) महानगर प्रहरीको टोली बालुवाटारस्थित ललिता निवासको जग्गामा पुगेर जग्गाभित्र रहेका संरचना हटाउन र थप कुनै पनि संरचना नबनाउन निर्देशन दिएको हो ।
     
    सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।
     
    ललिता निवासको जग्गा रोक्का भइसकेको अवस्था र सम्बन्धित निकायको अनुसन्धान अन्तिम अवस्थामा रहेकाले थप कुनै संरचना निर्माण हुन नदिन महानगरले निगरानी गरेको उहाँले बताउनुभयो ।
     
    उहाँले सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरु गरेको पनि बताउनुभयो।


    आइतवार, आषाढ १७ २०८००४:०२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij