Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु,जोखिम कायमै

अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु,जोखिम कायमै

  • शनिवार, आषाढ १६ २०८०

  • 714
    SHARES

  • अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु,जोखिम कायमै

    काठमाडौं। पहिरोका कारण अबरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान करिब ३ बजे पहिरो खस्दा सडक पुनः अबरुद्ध भएको थियो ।

    सोही स्थानमा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक हिजो साँझ साढे ५ बजेबाट सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

    पहिरो पन्छाएसँगै रोकिएका सवारी गन्तव्यतर्फ पठाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पूर्व र पश्चिमबाट काठमाडौं जोड्ने मुख्य मार्ग भएकाले मुग्लिन–नारायणगढ सडक खण्डलाई ‘लाइफलाइन’ नै मानिन्छ ।

    बर्खालागेसँगै पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौै ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् । सडक अवरुद्ध भएपछि सयौं सवारी साधन बिच बाटोमा अलपत्र परेका थिए ।


    शनिवार, आषाढ १६ २०८००४:५४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij