Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

रौतहटमा आमा छोरीको शंकास्पद मृत्यु : दाइजो निहुँमा हत्या गरेको आशंका

रौतहटमा आमा छोरीको शंकास्पद मृत्यु : दाइजो निहुँमा हत्या गरेको आशंका

  • शनिवार, आषाढ १६ २०८०

  • 412
    SHARES

  • रौतहटमा आमा छोरीको शंकास्पद मृत्यु : दाइजो निहुँमा हत्या गरेको आशंका

    काठमाडौं। रौतहटको मौलापुरमा आमा छोरीको रहस्यमय ढंगले ज्यान गएको छ। मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही गएराति घरमै मृतावस्थामा फेला परेका हुन् ।

    आरुहीको शव पङ्खामा झुन्डिएको तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले बताउनुभयो।

    उहाँका अनुसार मृतक कविताका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह घटनापछि फरार छन्। कविताकी सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

    कविताको माइती पक्षले दाइजोको निहुँमा उनको हत्या गरिएको आरोप लगाएको छ। कविताका बुबा विजयशङ्कर साहका अनुसार छोरी र ज्वाइँबीच पटक पटक विवाद हुने गरेको थियो।

    “बेलाबेलामा कविताले ज्वाइँ धिरेन्द्र साहले नगद, पलङ, सुनको औँठी र सिक्री माग्ने गरेको बताएकी थिइन्। दाइजो नल्याएका कारण छोरी र नातिनीको हत्या गरिएको हो”, साहको आरोप छ।


    शनिवार, आषाढ १६ २०८००२:२८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij