Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

  • बिहिवार, आषाढ १४ २०८०

  • 1.0K
    SHARES

  • सवारी दुर्घटनामा ३ जनाको मृत्यु

    काठमाडौं। देशका विभिन्न स्थानमा दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ स्थित सडकमा क.प्र.०२(००१ प ७४६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री वीरेन्द्रनगर नगरपालिका १२ बस्ने ५० वर्षीया टिका सुनारको मृत्यु भएको छ । मंगलबार राति उक्त मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उता बाँकेको बैजनाथ गाउँपालिका ५ दल्लिपुरस्थित सडकमा भे.१ त ९५० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २४ वर्षीय शिव कुमार यादवको मृत्यु भएको छ । दुर्घटनाका गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    त्यस्तै कपिलवस्तुको बिजयनगर गाउँपालिका ६ बद्रौवरस्थित सडकमा लु.३४ प २२२२ नम्बरको मोटरसाइकल र युपि ५५ वाई २११३ नम्बरको मोटरसाइकल बुधबार राति एकआपमा ठक्कर खाई दुर्घटना हुँदा लु.३४ प २२२२ नम्बरको मोटरसाइकल चालक बिजयनगर गाउँपालिका २ मधवानगर बस्ने २७ वर्षीय गिरीजा बाबु थापाको मृत्यु भएको छ ।
    दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    बिहिवार, आषाढ १४ २०८००४:४१:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij