Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

आज बकर इद मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

  • बिहिवार, आषाढ १४ २०८०

  • 493
    SHARES

  • आज बकर इद मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

    काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद ९इदुल जोहा० आज मनाइँदैछ । इदुल फित्र अर्थात् रमजानको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।

    मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले बताउनुभयो । उहाँका अनुसार बकर इदमा मक्का मदिना जानु शुभ मानिन्छ ।

    मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ । यसका लागि गृहमन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घरघरमै बकर इद मनाउँछन् ।

    बकर इदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।


    बिहिवार, आषाढ १४ २०८००७:१४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij