Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

बल्छी ध्रुवेले भने अनलाइन बेटिङ विज्ञापन गर्नु अवैध हो भन्ने थाहा भएन

बल्छी ध्रुवेले भने अनलाइन बेटिङ विज्ञापन गर्नु अवैध हो भन्ने थाहा भएन

  • सोमवार, आषाढ ११ २०८०

  • 995
    SHARES

  • बल्छी ध्रुवेले भने अनलाइन बेटिङ विज्ञापन गर्नु अवैध हो भन्ने थाहा भएन

    काठमाडौं। अनलाइन बेटिङ (सट्टेवाजी)को वेबसाइट वानएक्स वेटको प्रचार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे)ले त्यसरी विज्ञापन गर्नु अवैध हो भन्ने आफूलाई थाहा नभएको जिकिर गरेका छन्।

    जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा रहेका श्रेष्ठलाई भेट्न सोमबार पुगेको कलाकारहरुको टोलीसँग उनले भने, ‘धेरै युट्युबरहरुले त्यसरी विज्ञापन गरेका थिए, हामीलाई पनि अफर आयो। त्यही अनुसार विज्ञापन मात्र गरेका थियौं। त्यो गलत हो भन्ने थाहा थिएन।’

    लामो संघर्षपछि स्थापित हुँदै गरेका बेला विज्ञापनको विषयलाई लिएर ठूलै अपराधीझैँ पक्राउ गरिँदा आफू खिन्न भएको उनले बताएका छन्। त्यसमाथि प्रहरीले हातमा हत्कडी लगाएर अदालत लाँदा ल्याउँदा एकदम नमिठो लागेको उनले बताए।

    उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले अवैध वान एक्स वेटको प्रचार गरेको अभियोगमा बल्छी ध्रुवेसहित ८ कलाकारलाई पक्राउ गरेको थियो।

     


    सोमवार, आषाढ ११ २०८००७:१३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij