Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईद्वारा पदबाट राजीनामा

जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईद्वारा पदबाट राजीनामा

  • सोमवार, आषाढ ११ २०८०

  • 458
    SHARES

  • जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईद्वारा पदबाट राजीनामा

    काठमाडौं । जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिनुभएको छ ।

    अफैले कानूनी र नैतिक रुपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उहाँले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै भट्टराईले सोमबार राजीनामा दिनुभएको हो ।

    उहाँले न्यायाधीश नियुक्तिको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिक पार्टीका मानिसहरु न्याय परिषद्‌मा नियुक्ति हुने गरेको आरोप लगाउनुभयो ।

    उहाँले न्याय परिषद्ले न्यायाधीशमा राजनीतिक मानिसहरु अपारदर्शी ढंगबाट भर्ति गरिदिएपछि न्यायाधीशहरुको भविष्य नै अन्धकार भएको बताउनुभयो । उहाँले राजनीतिक मानिसहरु पदमा आएर राजनीतिक आस्थाको लागि न्याय क्षेत्रमा काम गर्ने स्थिति देखिएको भन्दै आपत्ति जनाउनुभयो।

    प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश हुनुपूर्व नै संसदीय समितिमा आफूले उजुरी हाले पनि संसदीय सुनुवाइ समितिले विवेक प्रयोग गर्न नसकेको बताउनुभयो । उहाँले संसदीय सुनुवाई समिति नै अवैध रहेको भन्दै सुनुवाइ समिति निष्पक्ष भएको खण्डमा कार्की प्रधानन्यायाधीश हुन नसक्ने स्थिति रहेको बताउनुभयो ।


    सोमवार, आषाढ ११ २०८००२:४५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij