Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

प्रकाश सपूतमाथि बोतल प्रहारको घटनाप्रति राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आपत्ति

प्रकाश सपूतमाथि बोतल प्रहारको घटनाप्रति राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आपत्ति

  • सोमवार, आषाढ ११ २०८०

  • 1.2K
    SHARES

  • प्रकाश सपूतमाथि बोतल प्रहारको घटनाप्रति राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आपत्ति

    काठमाडौं। गायक प्रकाश सपूतमाथि भएको बोतल प्रहारको घटना अराजकताको पराकाष्ठा भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले जनाएको छ । आज विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    नेपाली समयअनुसार आइतवार राती रोमानियामा नेपाली समुदायले आयोजना गरेको साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक प्रकाशमाथि दर्शकले क्यान बोतल प्रहार गरेका थिए ।

    दोहोरीगीत प्रतिष्ठानले उक्त घटना अन्त्यन्तै निन्दनीय, अमानवीय र अराजकताको पराकाष्ठा भएको जनाएको छ । यस प्रकारको घटनाले कलाकारको मनोवल गिर्नुका साथै सम्पूर्ण नेपाली कलाकारको मन दुखेको समेत प्रतिष्ठानद्वारा जारी विज्ञप्‍तिमा उल्लेख छ ।

    दोहोरीगीत प्रतिष्ठानका सचिव रहेका प्रकाशमाथि भएको घटनाको भर्त्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग समेत प्रतिष्ठानले गरेको छ ।

    ‘बोल माया’ गीत गाइरहँदा दर्शक दीर्घाबाट प्रहार गरिएको बोतल सीधै प्रकाशको अनुहारमा लागेको थियो । उक्त घटनाको भिडियो यतिबेला सामाजिक सञ्जालमा समेत भाइरल छ ।


    सोमवार, आषाढ ११ २०८००१:३३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij