Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मेयर बालेन्द्र शाह विरुद्ध अदालत अवहेलनाको उजुरी

मेयर बालेन्द्र शाह विरुद्ध अदालत अवहेलनाको उजुरी

  • आइतवार, आषाढ १० २०८०

  • 1.0K
    SHARES

  • मेयर बालेन्द्र शाह विरुद्ध अदालत अवहेलनाको उजुरी

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको अवहेलना गरेको भनी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

    अधिवक्ता वर्षाकुमारी झाले मेयर शाह विरुद्ध अदालतको अवहेलनामा कारवाही हुनुपर्छ भनी निवेदन पेश गर्नुभएको हो ।

    उहाँले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले मुद्दाको रुप लिनेछ ।

    केही दिनअघि मेयर शाहले भारतीय चलचित्रलाई नेपाली हलमा चलाउने नदिने भन्ने आफ्नो निणर्य विरुद्ध अन्तरिम आदेश दिएको उच्च अदालतको आलोचना गर्नुभएको थियो ।


    आइतवार, आषाढ १० २०८०१२:२६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij