Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

कैलाली कारागारमा प्रहरीमाथि कैदीबन्दीको आक्रमण, प्रहरी असई घाईते

कैलाली कारागारमा प्रहरीमाथि कैदीबन्दीको आक्रमण, प्रहरी असई घाईते

  • शनिवार, आषाढ ९ २०८०

  • 873
    SHARES

  • कैलाली कारागारमा प्रहरीमाथि कैदीबन्दीको आक्रमण, प्रहरी असई घाईते

    काठमाडौं। कैलाली कारागारमा अनुगमन गर्न गएका प्रहरीमाथि कैदीबन्दीले आक्रमण गरेका छन्। आज दिउँसो जिल्ला प्रहरी कार्यालयबाट कारागारमा अनुगमनका लागि खटिएको प्रहरीमाथि कैदीबन्दीहरुले आक्रमण गर्दा १ जना प्रहरी अधिकृत घाइते भएका छन्।

    आक्रमणबाट प्रहरी सहायक निरीक्षक(असई) भूपेन्द्र सामन्तको टाउकोमा चोट लागेर घाईते भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले अनुगमन सकेर निस्किने क्रममा आक्रमण हुँदा असई सामन्त घाईते भएको जानकारी दिनुभयो।

    उहाँका अनुसार अनुगमनका क्रममा कैदीबन्दीले कारागारभित्र प्रयोग गर्दै आएका १५ थान मोबाइल,३३ थान चार्जर र एक लाख चार हजार भारतीय रुपैयाँ बरामद गरिएको छ।

    कैलाली कारागारमा मदिरा र लागुऔषधको कारोबार तथा सेवन हुने गरेको गुनासो बढ्दो छ। सोही गुनासो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा प्रशासनको जिम्मेवारी हेरफेर गरेको थियो।


    शनिवार, आषाढ ९ २०८००३:३२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij