Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

देशभर वर्षा, दिउँसोको मौसम कस्तो रहला ?

देशभर वर्षा, दिउँसोको मौसम कस्तो रहला ?

  • शनिवार, आषाढ ९ २०८०

  • 928
    SHARES

  • देशभर वर्षा, दिउँसोको मौसम कस्तो रहला  ?

    काठमाडौं । देशका अधिकांश स्थानमा पानी परिरहेको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    मौसम पूर्वानुमान महाशाखाले बागमती, मधेश, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

    अहिले देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

    दिउँसो देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना पनि छ ।

    शनिवार राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

     


    शनिवार, आषाढ ९ २०८००७:२०:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij