Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

मनसुनी प्रणाली आजदेखि देशभर फैलियो

मनसुनी प्रणाली आजदेखि देशभर फैलियो

  • शुक्रवार, आषाढ ८ २०८०

  • 775
    SHARES

  • मनसुनी प्रणाली आजदेखि देशभर फैलियो

    काठमाडौं । मनसुनी प्रणाली आज शुक्रबारदेखि देशभर फैलिएको छ ।

    सरदर मितिभन्दा एक दिन ढिला नेपाल प्रवेश गरेको मनसुन ९ दिनपछि देशभर फैलिएको हो ।

    नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर यस वर्ष एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन भित्रिएको थियो ।

    पूर्वी नेपालबाट भित्रिएको मनसुनी प्रणाली आज शुक्रबारदेखि देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशभर मनसुन फैलिएको र सकृय अवस्थामा रहेकाले आगामी तीन दिनसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

    साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।

    मनसुनको समयमा बाढी, पहिरो, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।


    शुक्रवार, आषाढ ८ २०८००३:५२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij