Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

अपडेट : गोरखामा जिप दुर्घटनामा मुत्यु हुने सबैको पहिचान, (नामसहित)

अपडेट : गोरखामा जिप दुर्घटनामा मुत्यु हुने सबैको पहिचान, (नामसहित)

  • शुक्रवार, आषाढ ८ २०८०

  • 384
    SHARES

  • अपडेट : गोरखामा जिप दुर्घटनामा मुत्यु हुने सबैको पहिचान, (नामसहित)

    काठमाडौं । गोरखामा जिप दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ । गएराति १ बजे भएको दुर्घटनामा परेर १२ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार प्रदेश नंं। ३ को ०१–०२३ च २४२७ नम्बरको जिप सहिद लखन गाउँपालिका ३ को चिलिङकोट स्थित पात्लेखोलामा दुर्घटना भएको हो ।

    मृत्यु हुनेमा शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकै नविना थापा रहेकाछन् । यसैगरी शहीद लखन गाउँपालिका वडा नम्बर ४ का ६४ वर्षीय धनबहादुर थापाको पनि दुर्घटनामा मृत्यु भएको छ ।

    बिहेको लागि टिकोटालो गरेर फर्किने क्रममा उक्त जिप दर्घटनामा परेको प्रहरीले जनाएको छ । जिपमा १९ जना सवार रहेका थिए । दुर्घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


    शुक्रवार, आषाढ ८ २०८०१०:५२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij