Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

ओखलढुङ्गामा पहिरो : चारजनाको मृत्यु

ओखलढुङ्गामा पहिरो : चारजनाको मृत्यु

  • शुक्रवार, आषाढ ८ २०८०

  • 564
    SHARES

  • ओखलढुङ्गामा पहिरो : चारजनाको मृत्यु

    काठमाडौं । ओखलढुङ्गामा पहिरो जाँदा चारजनाको मृत्यु भएको छ । चम्पादेवी गाउँपालिकाको वडा नं. ८ स्थित स्थित जनजाति बस्ती (गुरुङ बस्ती) मा गएराति ११ बजे पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको वडाध्यक्ष खड्गबहादुर बरालले जानकारी दिनुभयो ।

    स्थानीय ३६ वर्षीय रणबहादुर गुरुङ, श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय दिनेश र छोरी डेढ वर्षीया कविताको मृत्यु भएको हो । तीनजनाको शव निकालिएको छ भने दिपेशको शव निकाल्ने प्रयास भइरहेको बरालले जानकारी दिनुभयो ।

    पहिरो गएलगत्तै बस्तीका अन्यले भागेर ज्यान जोगाएको उहाँले जानकारी दिनुभयो । क्षतिको थप विवरण संकलन भइरहेको छ । घटनाबारे जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा शव निकाल्न र उद्धारमा खटिएको अध्यक्ष बरालले जानकारी दिनुभयो ।


    शुक्रवार, आषाढ ८ २०८००८:३९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij