Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

  • शुक्रवार, आषाढ ८ २०८०

  • 427
    SHARES

  • गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

    गोरखामा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।

    गए राति प्रदेश ३ ०१–०२३ च २४ २७ नम्बरको गाडी गोरखाको शहीद लखन गाउँपालिका–३ मा पल्टिँदा पाँच जनाको मृत्यु भएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार शहीद लखन–५ ताक्लुङबाट चिलिङकोट–३ मा रहेको केटीको घरमा बिहेका लागि टिकाटालो गरेर फर्किएकाहरू दुर्घटनामा परेका हुन् ।

    दुर्घटनामा ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन ।घटनाबारे विस्तृत विवरण आन बाँकी छ ।


    शुक्रवार, आषाढ ८ २०८००७:२५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij