काठमाडौं । अबको एक हप्ताभित्र मनसुन बाहिरिने अनुमान मौसम पुर्वानुमान महाशाखाले गरेको छ ।
भारतको पूर्वी बिहार आसपास रहेको न्यूनचापीय प्रणाली कमजोर हुने क्रममा रहेकाले अबको केही दिन ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नरहेको हो ।
लगातारको झरीपछि बिस्तारै पानी पर्ने क्रम कम हुँदै गएको छ । नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गर्छ । तर यसवर्ष २ दिन ढिला गरी मनसुन भित्रिएको थियो ।
यसैबीच, आज प्रदेश नम्बर १, वाग्मती, गण्डकी र प्रदेश नम्बर ५ का थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।